काठमाडौं

धर्मगुरु आचार्य श्रीनिवास ५ हजार रुपैयाँ धरौटी तिरेर छुटेका छन् । आफैंलाई गोली हान्न लगाउने उनी जिल्ला प्रशासन कार्यालयमा धरौटी बुझाएर रिहा भएका हुन् । "/>

धरौटीमा छुटे आचार्य श्रीनिवास

धरौटीमा छुटे आचार्य श्रीनिवास


काठमाडौं

धर्मगुरु आचार्य श्रीनिवास ५ हजार रुपैयाँ धरौटी तिरेर छुटेका छन् । आफैंलाई गोली हान्न लगाउने उनी जिल्ला प्रशासन कार्यालयमा धरौटी बुझाएर रिहा भएका हुन् । आफैंलाई गोली हान्न लगाएको आरोपमा २४ वैशाखमा पक्राउ परेका श्रीनिवासलाई जिल्ला प्रशासन कार्यालयले हातहतियार तथा खरखजाना मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको थियो ।

तर त्यसविरुद्ध मुलुकी ऐनको अदालती बन्दोवस्तको महलको १७ नम्बर अनुसार श्रीनिवासले जिल्ला अदालतमा पुनरावेदन गरेका थिए । जिल्ला अदालतको आदेशमा उनलाई जिल्ला प्रशासन कार्यालयले धरौटीमा रिहा गरेको हो । गत २५ चैतमा शौच गर्न निस्किएका बेला उनी माथि विराटनगरको जतुवामा गोली प्रहार भएको थियो । उनको दायाँ छातीको कुम मुनिको भाग छेडेर गोली पार भएको थियो । लगत्तै प्रहरीले अनुसन्धान थालेको थियो ।

अनुसन्धानको क्रममा उनी आफैंले योजना बनाएर गोली हान्न लगाएको देखिएपछि आचार्यलाई पक्राउ गरी मुद्दा चलाइएको थियो ।
नेपाल समाचारपत्रबाट

Logo