काठमाडौं

लागुऔषध नियन्त्रण ब्युरोको तथ्यांक अनुसार पाँच वर्षयता मुलुकभर साँढे तीन अर्ब रुपैयाँ बराबरको लागुऔषध बरामद भएका छन् । "/>

पाँच वर्षमा सवा तीन अर्बको लागुऔषध बरामद

पाँच वर्षमा सवा तीन अर्बको लागुऔषध बरामद


काठमाडौं

लागुऔषध नियन्त्रण ब्युरोको तथ्यांक अनुसार पाँच वर्षयता मुलुकभर साँढे तीन अर्ब रुपैयाँ बराबरको लागुऔषध बरामद भएका छन् । त्यसमध्ये औषधिजन्य नियन्त्रित लागुऔषध सवा एक अर्ब रुपैयाँ बराबरको बरामद भए ।

नेपालमा लागुऔषध करोबारको कुलमध्ये ३४.४९ प्रतिशत हिस्सा औषधिजन्य नियन्त्रित लागु औषधले ओगट्छ । डिएसपी शाही नियन्त्रित लागुऔषध भारतीय बजारमा सजिलै पाइने र नाफा पनि धेरै हुने भएकाले कारोबारीको ध्यान यसतर्फ गएको बताउँछन् । उनले भने, ‘भारतमा एक सेट लागु औषध ५५ रुपैयाँमा सजिलै किन्न पाइन्छ । त्यही औषधि नेपाली बजारमा प्रतिसेट १२ सय रुपैयाँमा सजिलै बिक्छ ।’

ब्युरोको तथ्यांक अनुसार सन् ०१३ देखि ०१७ को नोभेम्बरसम्म मुलुकभर १ अर्ब १७ करोड ९० लाख ४ हजार ७८८ रुपैयाँबराबरको औषधिजन्य लागुऔषध बरामद भएका छन् । त्यही अवधिमा हिरोइन, कोकिन, चरेस र गाँजा जन्य लागुऔषध २ अर्ब २३ करोड ८८ लाख ८३ हजार ६ सय रुपैयाँ बराबरको बरामद भएका छन् । सबै गरी पाँच वर्षमा मुलुकभर ३ अर्ब ४१ करोड ७८ लाख ८८ हजार ३ सय ८८ रुपैयाँ मूल्य बराबरको लागुऔषध बरामद भएका छन् ।
नयाँ पत्रिकाबाट

Logo