हाई हिलको असर कति

हाई हिलको असर कति


आफुलाई फेसनेवल बनाउन चाहने युवतीहरुको पहिलो रोजाईमै हाई हिल हुने गरेको छ । हाई हिलले युवतीलाई अग्लो र आकर्षक जति धेरै देखाउछ त्यो भन्दा बढी हाई हिलले असर गर्ने गरेको पछिल्लो अनुसन्धानहरुले देखाएको छ ।

अनुसन्धानकर्ताहरुका अनुसार हाई हिल लगाएर बढी हिड्डुल गर्ने महिलाहरुमा कम्मरको पिडा हुनुका साथै कुर्कुच्चामा समेत समस्या आउने गरेको छ । यो कुरा पहिला भएका अनुसन्धानले पनि बताएका भए । तर हालै हाई हिल लगाउने महिलाहरुमा गरिएको थप अनुसन्धान अनुसार हाई हिल लगाउने महिलाहरुमा गर्भवती हुने समस्या पनि ज्यादै नै न्यून हुने गरेको देखाएको छ । उनीहरुका अनुसार ५ इन्च भन्दा अग्लो हाई हिललाई नियमित रुपमा लगाउने महिलाहरुमा यो किसिमको समस्या देखिएको जनाएका छन् ।

हाई हिललाई लोकप्रिय बनाउने काम भनेको सेलिब्रेटीहरुले नै गरेका हुन् । उनीहरु अधिकांश सार्वजनिक कार्यक्रममा सरिक हुने बेलामा हाई हिलमै प्रस्तुत हुने गरेका हुन्छन् । यसरी प्रस्तुत हुदाँ उनीहरुलाई आकर्षक देखिएको कारण अन्य युवतीहरुले नक्कल गर्दै हाई हिलमै प्रस्तुत हुने गर्छन् । सेलिब्रेटीहरु कार्यक्रममा सरिह हुदाँ हाई हिलमा सजिए पनि उनीहरु सवारी साधनको अत्याधिक प्रयोग गरिरहेका हुन्छन् । तर यसको विपरित हाई हिलको नक्कल गर्नेहरु लामो यात्रामा पनि हाई हिलको प्रयोग गर्छन् । यसरी लामो समय हाई हिलको प्रयोग गर्दा सर्वसाधारण युवतीहरु शारीरिक समस्यामा बढी परिरहेका हुन्छन् ।

Logo