बैतडी, १३ असार । करिब दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा आफूलाई मन परेको प्रतिनिधि छनोट गर्नका लागि भारतमा मजदुरी गरिरहेका तथा जिल्ला बाहिर रहेका बैतडीका मतदाता घर फर्किएका छन् । "/>

भोट हाल्न गाउँ फर्किए मतदाता

भोट हाल्न गाउँ फर्किए मतदाता


बैतडी, १३ असार । करिब दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा आफूलाई मन परेको प्रतिनिधि छनोट गर्नका लागि भारतमा मजदुरी गरिरहेका तथा जिल्ला बाहिर रहेका बैतडीका मतदाता घर फर्किएका छन् ।

बुधबार हुने दोस्रो चरणको निर्वाचनमा मतदान गर्नका लागि कामको सिलसिलामा भारत पुगेका र नेपालकै विभिन्न जिल्लामा रहेका मतदाता मतदानका लागि गृहजिल्लामा फर्किएका हुन् । विगत सात वर्षदेखि भारतमा मजदुरी गर्दै आएका दोगडा केदार गाउँपालिका–३ श्रीकोटका गणेश विष्टले गाउँका प्रतिनिधि चयन गर्ने निर्वाचन भएकाले भोट हाल्न घर फर्किएको बताउनुभयो ।

नयाँ संरचनामा पहिलो पटक हुन लागेको स्थानीय तहको निर्वाचनमा भोट हाल्नका लागि घर फर्किएको हुूँ, उहाँले भन्नुभयो, “आफूले रोजेको तथा इमान्दार, विकासवादी नेता छान्न मतदान गर्छु ।” कर्मथलो तथा पढाइका लागि बैतडीमा रहेका देशका अन्य जिल्लाका मतदाता पनि आफ्नो गृहजिल्लामा फर्कने क्रम जारी छ ।

पढाइका लागि बैतडी आएकाले निर्वाचनमा आफूले रोजेको प्रतिनिधि छान्न घर जान लागेको कैलालीको धनगढी उपमहानगरपालिका घर भई गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज, गोकुलेश्वर, बैतडीमा अध्ययन गरिरहेका राजेन्द्र बमले बताउनुभयो । “मेरो नामावली धनगढीमा छ, त्यसैले धनगढी जान लागेको छु ।”

त्यसैगरी, अध्ययन तथा कामको सिलसिलामा काठमाडाँै, महेन्द्रनगर, धनगढीलगायतका सहरमा पुगेका मतदाता पनि मतदानका लागि घर फर्किएका छन् । “मेरो एक भोटका कारण कुनै उम्मेदवारले हार्नसक्छ, त्यसैले भोट हाल्नका लागि काठमाडौँदेखि बैतडी आएको छु, दोगडा केदार–३ का हेमन्त गिरीले भन्नुभयो ।

पार्टीभन्दा विकास र सुविधा ल्याउन सक्नेलाई जिताउने सोच भने बनाएको स्थानीय भुवन भट्टको भनाइ रहेको छ । “गाउँको विकास गर्ने तथा सबैलाई मिलाएर विकास गर्न सक्नेलाई भोट दिन्छु ,” उहाँले भन्नुभयो ।

लामो समयदेखि जनप्रतिनिधिविहीन स्थानीय निकायमा जनताको प्रतिनिधि पुग्ने भन्दै बैतडीका स्थानीय बासिन्दा खुसी भएका छन् । रासस

Logo