युवाका प्रेरणा, ‘सेफ’ हेवेन

युवाका प्रेरणा, ‘सेफ’ हेवेन


युवालाई देशको खम्बाको रुपमा लिइने गरिन्छ । तर विडम्बना विभिन्न बाध्यताका कारण यिनै युवा जमात वर्षेनी लाखौँको सङ्ख्यामा विदेश पलायन हुने गर्दछन् । देशको अस्थिर व्यवस्था र पर्याप्त रोजगारीको कमिले हरेक १० युवा मध्ये ९ जनाको अन्तिम विकल्प नै विदेशिनु रहेको पाइन्छ ।  

तर अर्कोतर्फ नेपालमा केहि त्यस्ता युवाहरु पनि छन्, जो आफ्नो मिहेनत र लगनशीलताका कारण नेपालमै पनि प्रतिष्ठित जीवन बिताउनुका साथै अरु थुप्रै युवाहरुको प्रेरणाको स्रोत समेत बनिरहेका छन् । र तिनै प्रेरणादायी युवा मध्येका एक हुन् सेफ हेवेन खनाल ।  

हेवेन आफ्नो मिहेनत र लगनशिलताका कारण प्रतिष्ठित जीवन मात्र विताइरहेका छैनन्, अनुभवका आधारमा पाको उमेरका मानिसमात्र एक्जुकेटिभ सेफ हुने गरेको नेपालको यस ट्रेन्डलाई तोड्दै नेपालकै पहिलो युवा एक्जुकेटिभ सेफ बनेर इतिहाससमेत कोर्न सफल भएका छन् ।  

सुनसरीको बराहक्षेत्र नगरपालिकामा ०५३ सालमा जन्मिएका आमाबाबाका एक्लो सन्तान हुन् हेवेन । लिटिल एन्जेल्स स्कूलबाट एसएलसी, हिमालयन ह्वाइट हाउस कलेजबाट प्रमाणपत्र तह उत्तीर्ण गरि मलेसियाबाट सम्बन्धन प्राप्त आइआइएमएस कलेजबाट होटेल म्यानेजमेन्टमा स्नातक गरेका हेवेनले उच्च शिक्षाका लागि नेपालको भन्दा विदेशको शिक्षा प्रणाली उत्कृष्ट हुन्छ भन्ने सोचलाई पनि उल्टाउन सफल भएका छन् । कस्तो शिक्षा लिइएको छ भन्दा पनि प्राप्त शिक्षालाई विद्यार्थीले कुन रुपमा ग्रहण गरेको छ भन्ने विषयले उक्त विद्यार्थीको भविष्य निर्धारण गर्ने उनको भनाइ छ ।

Logo