आईपीओको नतिजा अब तीन ठाउँबाट मात्रै हेर्न मिल्ने

आईपीओको नतिजा अब तीन ठाउँबाट मात्रै हेर्न मिल्ने


कुनै पनि कम्पनीको प्राथमिक शेयर अर्थात् आईपीओको नतिजा अब तीन ठाउँबाट मात्रै हेर्न मिल्ने भएको छ । आजभन्दा अगाडि विभिन्न सञ्चार माध्यमबाट समेत आईपीओको नतिजा हेर्न मिल्ने व्यवस्था रहेकोमा भोलि बाडँफाड हुने महिला लघुवित्तबाट नै यो सिस्टम लागू हुने भएको छ ।

पछिल्लो समय गोपनीयताको विषयमा प्रश्न उठ्न थालेकाले यस्तो नियम लागू हुन लागेको सीडिएसले जनाएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले गुनासोको सम्बोधन गर्दै तीन ठाउँबाट मात्रै आईपीओको नतिजा हेर्न मिल्ने गरी विनियमावलीमा परिवर्तन गरेकोे छ । 

अब सम्बन्धित कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक र मेरो शेयरको वेबसाइट वा मोबाइल एपबाट मात्रै नतिजा हेर्न पाइनेछ । अब सञ्चार माध्यमले आईपीओको नतिजाको पूरै विवरण राख्न पाउने छैनन् । यसका लागि सम्बन्धित निकायहरूलाई पत्राचार गरिसकिएको सीडीएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ । 

Logo