महिला लघुवित्तको आइपीओ साढे ३७ हजारले पाउँदा १५ लाखको हात खाली

महिला लघुवित्तको आइपीओ साढे ३७ हजारले पाउँदा १५ लाखको हात खाली


महिला लघुवित्तको आइपीओ शुक्रबार बिहान ८ बजे बाँडफाँड भएको छ । यसमा ३७ हजार ५०० जना सर्वसाधारण लगानीकर्ताले गोलाप्रथाको माध्यमबाट १० कित्ताका दरले शेयर हात पारेका छन् ।

कुल १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएकामा ३ हजार ३५३ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक नेपाल एसबीआई मचेन्ट बैंकिङले जानकारी गराएको छ । 
 
कुल १५ लाख ३६ हजार ६८२ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको हो । योग्य आवेदकमध्ये १४ लाख ९९ हजार १८२ जनाको हात खाली भएको छ । 

Logo