सगरमाथा आरोहण गरिरहेका १७ जनालाई कोरोना संक्रमण

सगरमाथा आरोहण गरिरहेका १७ जनालाई कोरोना संक्रमण


सगरमाथा आरोहीहरुलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । आरोहण टोलीका १७ जना सदस्यलाई कोरोना पुष्टि भएको हो ।

पर्वतारोही र स्थानीय अधिकारीहरुले बताए अनुसार सगरमाथा आधार शिविरमा संक्रमणले भयावह रुप लिनसक्ने अवस्था देखिएको छ । आधार शिविरमा रहेका अन्य व्यक्तिहरुमा पनि कोरोना संक्रमणको लक्षण देखिएको बताइएको छ ।

आधार शिविरका अधिकारीहरुले जनाए अनुसार आरोहण टोलीका सदस्यहरुलाई काठमाडौँस्थित अस्पताल पठाएर परीक्षण गराउँदा १७ जनामा संक्रमण पुष्टि भएको हो । नेपाल सरकारले भने यसबारे आफूहरुलाई जानकारी नभएको जनाएको छ ।

गत वर्ष कोरोना संक्रमण फैलिएसँगै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा पनि रोक लगाइएको थियो । यस वर्ष आरोहण खुलाइएपछि पछिल्लो समय आधार शिविरमा पनि भीडभाड बढेको छ ।

'हामीले १७ जना सगरमाथा आरोहीलाई संक्रमण पुष्टि भएको जानकारी काठमाडौँबाट प्राप्त गरेका छौँ,' हिमालयन उद्वार संघका एक अधिकारी ल्हाक्पा नुरु शेर्पाले बताए ।

शेर्पाले भनेका छन्, 'हामीले अभियान टोलीलाई अनुरोध गरेका छौं कि बिरामी परेका आफ्ना सदस्यहरुलाई उडान गर्नु भन्दा पहिले हामीलाई थाहा दिनुहोस् । जब कि को बिरामी भइरहेको छ भनेर हाीलाई पहिले नै थाहा हुनेछ ।'

कोरोनाको नयाँ लहर नेपालमा पनि फैलिन थालेपछि पछिल्लो समय नेपालमा संक्रमितको संख्या ह्वात्तै बढेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि राजधानी काठमाडौँ सहित विभिन्न जिल्लामा लकडाउन लगाइएको छ ।-बीबीसीबाट

Skip This
Logo