अक्सिजन प्लाण्ट स्थापना गर्न बैंकर्स संघको पहल

अक्सिजन प्लाण्ट स्थापना गर्न बैंकर्स संघको पहल


कोरोना महामारीको दोस्रो लहर तीव्र रुपमा फैलिएसँगै देशैभरका अस्पतालहरुमा अक्सिजन अभाव हुन थालेको छ । अस्पतालहरुमा अक्सिजन अभाव हुन थालेपछि नेपाल बैंकर्स संघले अक्सिजन प्लाण्ट स्थापना गर्न पहल थालेको छ। बाणिज्य बैंकहरुको छाता संगठनले अक्सिजन प्लाण्ट खोल्नेबारे पहल थालेको हो।

संघका अध्यक्ष भुवन दाहाल, उपाध्यक्ष अनिल उपाध्याय र प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले अक्सिजन प्लाण्ट स्थापना बारेमा विज्ञहरुसँग छलफल गरेको अध्यक्ष दाहालले जानकारी दिए ।

उनका अनुसार नेशनल एकेडेमी अफ मेडिकल साइन्स (न्याम्स) का उपकुलपति प्राडा डीएन शाहसँग छलफल भएको छ । शाहले केही दिनमा प्लाण्ट कसरी स्थापना गर्ने, चाँडो स्थापना गर्न के गर्ने बारे बिस्तारमा संघलाई जानकारी गराउने बताएका छन्।

बैंकहरुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत (सीएसआर) प्लाण्ट स्थापनाको पहल थालेका हुन्। राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले गत आर्थिक बर्षको नाफाको एक प्रतिशत यो कार्यक्रम अन्तर्गत खर्च गर्नु पर्छ। एक अर्ब नाफा गरेको बैंकले एक करोड छुट्याउनु पर्छ। यही रकमबाट प्लाण्ट स्थापना गर्न सकिन्छ कि भनेर पहल थालेको दाहालको भनाइ छ।

Logo