राप्रपाको केन्द्रीय समिति बैठक आजबाट

राप्रपाको केन्द्रीय समिति बैठक आजबाट


राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु हुँदैछ। धुम्बाराहीस्थित एसआर बैंक्वेटमा आजबाट सुरु हुने बैठक आगामी पुस ३ गतेसम्म जारी रहनेछ।

 सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठका अनुसार आजदेखी सुरु हुने केन्द्रिय समिति बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा छलफलको अजेन्डा पेश गर्दैछन्। 

बैठकमा महासचिवले  सांगठानिक प्रतिवेदन तथा र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गर्दैछन् भने भू-गोल केन्द्रीत कार्यक्रमको समिक्षा र समूहगत छलफलबाट केन्द्रिय समितिले भावी कार्यक्रम र अजेन्डा तय गर्नेछ।

Logo