मोरङको रंगेलीमा १८ घण्टादेखि मतगणना हुन सकेन

मोरङको रंगेलीमा १८ घण्टादेखि मतगणना हुन सकेन


मोरङको रंगेलीमा १८ घण्टादेखि मतगणना हुन सकेको छैन। 

शनिबार राति ११ बजे मतगणनाका क्रममा हुलहुज्जत भएको र मतपेटिका फोडिएको अवस्थामा फेला परेको भन्दै एमाले बाहेकका दलले मत गणना नगर्न दबाब दिएका थिए। 

गए राति कांग्रेससहितका राजनीतिक दलका कार्यकर्ताले मतगणना स्थल रंगेलीको जनता क्याम्पस परिसरमा प्रदर्शन पनि गरेका थिए ।

वडा नम्बर ८ को मतपेटिका फोडिएको अवस्थामा फेला परेको र स्वतन्त्र उम्मेदवारको नाममा एमालेले धेरै प्रतिनिधि राखेको भन्दै गठबन्धनले गणना स्वीकार गर्न नसकिने जनाएका थिए । 

स्थानीय प्रशासनले भने मतगणना सूचारु गराउन पहल गरिरहेका छन् ।

Skip This
Logo