उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण

उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण


काठमाडौं । उद्योगी एवं नेपाली कांग्रेस सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार दिउँसो ट्वीट गर्दै सांसद एवं उद्योगी चौधरीले आफूमा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

विनोद चौधरीका छोरा एवं चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाणा चौधरीले उनमा कुनै किसिमको लक्षण भने नदेखिएको जानकारी दिए । उनले केन्द्रबिन्दु अनलाइनसँग कुरा गर्दै भने–‘संक्रमण पुष्टि भएपनि उहाँमा कुनै लक्षण भने देखिएको छैन ।’

 

Logo