हुन्डाईको ‘आयोनिक ५’ नाडा ईभी एक्स्पोमा विशेष आकर्षण बन्नसक्ने, यस्ता छन् फिचर

हुन्डाईको ‘आयोनिक ५’ नाडा ईभी एक्स्पोमा विशेष आकर्षण बन्नसक्ने, यस्ता छन् फिचर


नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा नेपालमै पहिलोपटक आयोजना गर्न लागिएको नाडा ईभी एक्स्पो-२०२२ मा हुन्डाईको  इलेक्ट्रिक कार ‘आयोनिक ५’ विशेष आकर्षण हुने आकंलन गरिएको छ । 

आगामी असोज ६ देखि ९ गते सम्म भृकुटी मण्डपमा सम्पन्न हुने नाडा ईभी शोमा हुन्डाईले पछिल्लो समयमा नेपाली बजारमा भित्र्याएको ‘आयोनिक ५’मा इलेक्ट्रिक कारमा हुनु पर्ने आकर्षक फिचर भएको र प्रशस्तै चार्जिङ नेटवर्क भएकाले विशेष आकर्षण हुने बताइएको हो । 

नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले सो इलेक्ट्रिक कार गत फागुन महिनामा बजारमा उपलब्ध गराएको भएपनि माग अनुसार पर्याप्त मात्रामा उपलब्ध गराउन सकेको छैन ।  तर, अन्य कारमध्ये यसमा आकर्षक सजावट र प्रिमियम भएकाले धेरै अवलोकनकर्ता झुम्मिन सक्ने अनुमान गरिएको छ । 

निकै नै स्टाइलिस र फ्युचरिस्टिक मोडलमा उपलब्ध यस कारमा भएको प्यारामेट्रिक पिक्सेल हेडल्याम्प, क्लमसेल हुड, एक्टिभ एयर इन्टेक र पिक्सेल टेललाइटले धेरै ग्राहकलाई लोभ्याउन सक्छ । 

हुन्डाईको नयाँ इलेक्ट्रिक ग्लोबल मोड्युलर प्लेटफर्म अर्थात ई–जीएमपीमा बनेको यो पहिलो कार हो । उक्त प्लेटफर्ममार्फत ब्याट्री इलेक्ट्रिक भेइकललाई फास्ट चार्जिङ गर्न, ड्राइभिङ रेन्ज बढाउन, इन्टेरियर स्पेस बढाउन र बेटर ह्यान्डलिङमा सहयोग प्राप्त हुन्छ । यसमा भएको ११८ इन्चको ह्विलबेसका कारण यो अन्य एसयूभी भन्दा लामो छ । 

नेपाली बजारमा उपलब्ध आयोनिक ५ मा ५८ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको र यसले ३७५ किलोमिटर सम्मको रेन्ज दिने दाबी गरिएको छ । साथै यसमा वायरलेस चार्जिङ, फरक खालको स्टेयरिङ ह्विल, आकर्षक इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, सोलार चार्जर, ३६० डिग्री क्यामेरा आदि विभिन्न सुविधा उपलब्ध छन् । 

हुन्डाईको यो कारको मूल्य नेपाली बजारमा १ करोड १६ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । हाल इलेक्ट्रिक कारका लागि बैंकहरुले ८० प्रतिशत सम्म फाइनान्स सुविधा उपलब्ध गराउन सक्ने व्यवस्था रहेको छ । त्यसमा २० प्रतिशत मात्र डाउन पेमेन्ट गरी बाँकी रकम किस्ताबन्दी रुपमा बुझाउन सकिने पनि कम्पनीले जनाएको छ ।

Logo