नेपोलीलाई पाखा लगाउँदै बार्सिलोना क्वार्टरफाइनलमा

नेपोलीलाई पाखा लगाउँदै बार्सिलोना क्वार्टरफाइनलमा


काठमाडौं ।

बार्सिलोनाले नेपोलीलाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेश गरेको छ । गए राति भएको खेलमा नेपोलीलाई ३–१ ले हराउँदै बार्सिलोना क्वार्टरफाइनलमा प्रवेश गरेको हो।

बार्सिलोनालाई क्लेमेन्ट लेन्गलेटले खेलको १० औं मिनेटमा हेडर गोलमार्फत अग्रता दिलाएका थिए । यस्तै २३ औं मिनेटमा मेस्सीले अर्को गोल गरे ।

पहिलो हाफको ईन्जुरी समयमा सुआरेजले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनाका लागि तेस्रो गोल गरे ।

इन्जुरी समयमै लोरेन्जो ईन्साईनले पेनाल्टीमार्फत गोल गर्दै नेपोलीलाई ३-१ को अवस्थामा पुर्याएका थिए । क्वार्टरफाइनलमा अब बार्सिलोनाले बार्यन म्युनिखसँग खेल्नेछ ।

Logo