अहिले हामी चुनौतीपूर्ण अवस्थामा छौँ- प्रधानमन्त्री प्रचण्ड

अहिले हामी चुनौतीपूर्ण अवस्थामा छौँ- प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मुलुक यतिवेला चूनौतिपूर्ण अवस्थामा रहेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले अहिलेपनि संविधानलाई कमजोर बनाएर उल्ट्याउने कसरत भइरहेको बताएका छन्। नेकपा माओवादीनिकट सहकारीकर्मीहरूको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

संघीयता र समानुपातिक समावेशिता मन नपराउनेहरूबाट संविधान विरोधी गतिविधि भइरहेको उल्लेख गर्दै उनले भने,‘अहिले निकै चुनौतीपूर्ण अवस्थामा नेतृत्वको अवसर प्राप्त भएको छ। सजिलो छैन्। अर्थतन्त्रको कुरा सुनिराख्नुभएको छ। यसलाई पार लाउन सहज छैन्। राजनीति पनि कुनै एउटा पार्टीको बहुमत छैन्। मोर्चा गरेर नेतृत्व गरेका छौँ। सजिलो छैन्। अप्ठ्यारो छ। तर, पनि चुनौतीपूर्ण अवस्थामा छौँ।’

 

Logo