यस्ताे छ आजको फलफूल तथा तरकारीको मूल्य

यस्ताे छ आजको फलफूल तथा तरकारीको मूल्य


कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। 

जसअनुसार,नेपाली ठूलो गोलभेँडा भारतीय प्रतिकेजी न्युनतम ६० रुपैयाँ, नेपाली लोकल सानो गोलभेँडा १०  रुपैयाँ,रातो आलु(मुडे) ३८ रुपैयाँ,स्थानीय काउली ६० रुपैयाँ, कागती १५० रुपैयाँ,लोकलबन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ११०, तने बोडी ७०,मकै बोडी ५०,लोकल घिउ सिमी लोकल ४०, राजमा सिमी ८०,भटमास कोशा १२०,मटर कोशा १६०,तिते करेला ४०,लौका ६०,परवल लोकल ७०,पाकेको फर्सी ५०,डल्लो फर्सी हरियो ४०, घिरौंला ५०,भिण्डी ७०, स्कूस ५०, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ ३२०, कुरीलो १८०,ब्रोकाउली ८०,तोफु ११०,लोकल काँक्रो १०० रुपैयाँ प्रति केजीमा बिक्री भइरहेको छ । 

चमसूरको साग ११०,पालुंगो साग ११०, मेथिको साग ११०, तोरीको साग ४० हरियो लसुन ६०, हरियो प्याज ५०, रायो साग ४०, धनियाँ ३३० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।
 
त्यस्तै, हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २२० रुपैयाँ, तरबुजा हरियो ४०,दसहरी आँप १००,मौसम १८०,अनार ३८०,केरा दर्जनको १३०,फूजी स्याउ २८०,आभोकाडो ५०० र मेवा भारतीय१०० र लिच्ची लोकल १२० रुपैयाँ तोकिएको कालीमाटी फलफूल बजार विकास समितिले उल्लेख गरेको छ ।

Logo