१४ लाखमै सेरेसकाे मिनी इभी ई-१ गाडी नेपाली बजारमा

१४ लाखमै सेरेसकाे मिनी इभी ई-१ गाडी नेपाली बजारमा


नेपालका लागि सेरेस गाडीको आधिकारिक वितरक एमएडब्लू नेपालले मिनी इभी ई–१ सार्वजनिक भएको छ। 

सो मिनी ईभी ३ भेरिएन्टमा उपलब्ध हुने नेपालका लागि आधिकारिक वितरक एमएडब्लू बृद्धि अटो कर्पले जनाएको छ। यसको सुरुआटी मूल्य १४ लाखदेखि सुरु भएर १८ लाखसम्म पर्नेछ ।

एमएडब्लु बृद्धिका अनुसार १८० किलोमिटर रेन्ज दिने ई-१ वेस र फुल अप्सनमा उपलब्ध हुनेछ। जसको मूल्य १३ लाख ९९ हजार र १४ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको छ।  यो मूल्य सिमित अवधीका लागि मात्र लागु हुनेछ । यसमा १३ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ। 

यसअघि सेरेस–३ को मूल्य ४७ लाख ९९ हजार र ४९ लाख ९९ हजार तोकिएको छ। सिमित अवधिका लागि मात्र तोकिएको सो मूल्य पछि वढेर ४९ लाख ९९ हजार र ५२ लाख ९९ हजार पुग्ने कम्पनीको भनाई छ।
 

Logo