नीति तथा कार्यक्रम आयो, कोरोना प्रभावितलाई राहत आएन

नीति तथा कार्यक्रम आयो, कोरोना प्रभावितलाई राहत आएन


काठमाडौं ।

आगामी आर्थिक वर्ष २०७७/७८ को लागि शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । प्रस्तुत नीति तथा कार्यक्रम एकदमै राम्रो आएको छ । सरकारले तिनै तहलाई समेटेर कार्यक्रम ल्याएको छ । यो कार्यक्रम कार्यन्वयन गर्न सके आगामी वर्ष विकास निमार्ण, कृषि, स्वास्थ्य तथा पूर्वाधार विकासमा फड्को मार्ने देखिएको छ।

तर, यति बेला कोरोना भाइरसको महामारीमा फसेर संकटमा परि आहत भएका र लकडाउनमा थुनिएका जनताले कम्युनिस्ट सरकारबाट गतिलो राहतको प्याकेज आउला भन्ने सोचिरहेका थिए । सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा महत्त्वकाक्षी योजना आयो तर जनताले चाहे जस्तो राहतको प्याकेज भने आएन ।

प्रस्तुत नीति तथा कार्यक्रममा कोरोनाबाट आहत भएका जनताको लागि राहतको ठूलै पोका आउने आशा गरिएको थियो । तर सरकारले राहतको कुनै पनि प्याकेज नै ल्याएको छैन । यस्तो महामारीको बेलामा आएको नीति तथा कार्यक्रममा अहिलेको परिस्थिति अनुसार नीति आउने आँकलन गरिएको थियो । तर पनि सरकारले कानुनी राज्यलाई बलियो बनाउनको लागि खरो रुपमा उभिने गरि राज्यविरुद्धको अपराधमा संलग्न हुने, राष्ट्रिय एकता एवं सामाजिक सदभाव बिथोल्ने, संविधान तथा कानुन विपरीतका कार्य गर्ने जो कोहीलाई कानूनको दायरामा ल्याइनेछ घोषणा गरेको छ।

सरकारले कोरोना भाइरसको संक्रमणले थला परेको अर्थतन्त्रलाई माथि उठाउने गरि तथा त्यसबाट आहत बनेका जनतालाई प्रष्ट रुपमा सम्वोधन गर्ने गरि योजना ल्याउनु पर्ने थियो । तर यस्तो नीति आएन । तर, विकास निमार्णका ठूला आयोजना भने अगाडि बढाउने गरि कार्यक्रम बनेको छ। नीति तथा कार्यक्रम आए पछि अर्थविदहरुले पूरानै कार्यक्रम त कुनैले समय सापेक्ष नभएको भनी टिप्पणी गर्न थालेका छन् ।

जनताले चाहे जस्तो राहतको प्याकेज त यो नीति तथा कार्यक्रममा आएन । तर अब जेठ १५ गते अर्थमन्त्रीले संसदमा पढ्ने बजेटमा राहत समेटिएर आउने आशा गर्न लागिएको छ। अहिले सरकारको नीति तथा कार्यक्रमको प्राथमिकता भने कोरोना नियन्त्रण नै रहेको सरकारले स्वीकार भने गरेको छ ।

Logo