अमेरिकाले मागेको कामदारदेखि भ्रमण वर्षका कार्यक्रमहरू स्थगितसम्म (भिडियो)

अमेरिकाले मागेको कामदारदेखि भ्रमण वर्षका कार्यक्रमहरू स्थगितसम्म (भिडियो)


काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो । आज पनि हामीले यस्तै ५ वटा समाचारहरु प्रस्तुत गरेका छौं ।

आजका प्रमुख समाचारहरु मध्ये अमेरिकी सरकारले आर्थिक बर्ष २०२१ का लागि एचवानबी भिसा खुला गरेको छ । अमेरिकाले केही नियम परिमार्जनसहित भिसा खुला गरेको हो ।

पछिल्लो समय चर्चित अभिनेता हुन् अनमोल केसी । उनै अभिनेता केसीमाथि ठगीको आरोप लागेको छ । उनी यतिबेला प्रहरीको खोजीको सूचिमा छन् ।
भौतिक पूर्वाधार तथा यातायातबसन्तकुमार नेम्वाङले आज पत्रकार सम्मेलन गर्दै एक सय दिनको उपलब्धिहरु सार्वजनिक गरेका छन् ।
कोरोना भाइरसले नेपाल भ्रमण वर्षलाई पनि प्रभावित पारेको छ । यससँगै सरकारले भ्रमण वर्षका लागि देशबाहिर हुने कार्यक्रमहरु स्थगित गर्ने भएका छन् ।
नेपाली स्टार क्रिकेटर सन्दीप लामिछानेले आज अर्काे समाफलता हात पारेका छन् । थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा सन्दीपले मलेसियासँग सुरुवाती विकेट लिँदै टी–२० क्रिकेटमा एक सय विकेट पूरा गरेका हुन् ।

Logo