मलेसियाका प्रधानमन्त्रीले दिए राजीनामा

मलेसियाका प्रधानमन्त्रीले दिए राजीनामा


मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले सोमबार राजीनामा दिएका छन्  ।

प्रधानमन्त्री महाेम्मदले स्थानीय समयअनुसार दिँउसो १ बजे  राजालाई आफ्नो राजीनामाबारे जानकारी दिएका हुन्  । महाथिरको पार्टी ‘पार्टी प्रिभूमी बेरसातु मलेसिया’ले सत्तारुढ गठबन्धन पाकातान हारापान ‘एलाइन्स फर होप’ पनि छाडेको पार्टीका सभापति मुहिद्दिन यासिनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

एक हप्ता लामो राजनीतिक खिचातानीपछि आइतबार राति महाथिरको पार्टीले उनको उत्तराधिकारीको रुपमा हेरिएका अनवर इब्राहिम बिना नयाँ सरकार बनाउने तयारी गरिरहेको समाचार आएको थियो । ९४ वर्षीय महाथिर र ७२ वर्षीय अनवरबीच लामो समयदेखि राजनीतिक द्वन्द्व चलिरहेको थियो ।

 

Logo