नरेन्द्र र कान्छी मायालाई काठमाडौं म्याराथनकाे उपाधी

नरेन्द्र र कान्छी मायालाई काठमाडौं म्याराथनकाे उपाधी


काठमाडौं ।  १३ औं काठमडौं म्याराथनको उपाधी पुरुषतर्फ सेनाका नरेन्द्र सिंह रावत र महिला तर्फ एपिएफकी कान्छीमाया कोजुले हात पारेका छन् । उनीहरुले मेडल, प्रमाण पत्र र ट्रफीका साथै नगद ५०/५० हजार प्राप्त गरे ।

म्याराथनमा नयाँ नाम लेखाउँदै नरेन्द्रले ४२.१९५ कि.मि.को दुरी २ घन्टा ३३ मिनट १० सेकेन्डमा पुरा गर्दै उपाधी उचालेका हुन् । उनले सेनाकै बेदबहादुर सुनुवारलाई पछि पार्दै जित निकालेका हुन् । बेदबहादुरले २ घन्टा ३४ मिनट २० सेकेन्डमा दुरी पुरा गरे । तेश्रो स्थानमा रहेका सेनाकै ज्ञान प्रसाद भट्टराईले २ घन्टा ३४ मिनट ४५ सेकेन्डमा दुरी पुरा गरे ।

महिला तर्फ कोजुले २ घन्टा ५७ मिनेट २७ सेकेन्डमा दुरी पार गरिन् । कोजुको यो लगातार तेश्रो उपाधी हो । दोश्रो स्थानमा रहेकी सेनाकी सरिता बासीले ३ घन्टा १९ मिनेट ०७ सेकेन्ड र तेश्रो स्थानमा रहेकी निर्जला ताम्राकारले ३ मिनेट ४७ मिनेट ४५ सेकेन्डमा दुरी पुरा गरिन् ।

विजयी शीर्ष ३/३ खेलाडीहरूले मेडल, प्रमाण पत्र र नगद ५० हजार, २० हजार र १५ हजार प्राप्त गरे ।

 

Logo