पार्टी नेतृत्वप्रति नेकपा नेता भुसालको कडा प्रहार

पार्टी नेतृत्वप्रति नेकपा नेता भुसालको कडा प्रहार


काठमाडौँ ।

लामो समयदेखि पार्टी नेतृत्व, सिद्धान्त र कार्यशैलीको खरो आलोचना गर्दै आएका कृषि तथा पशुपंक्षीमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिती सदस्य घनश्याम भुसालले पार्टीमा अराजकता देखिएको आरोप लगाएका छन् ।

एक वर्षयता सरकारको खरो आलोचना गरिरहेका भुसाललाई ओलीले गत महिना मात्र मन्त्रीमा नियुक्त गरेका थिए । त्यसपछि केही समय मौन रहेका भुसालले पार्टीका जारी स्थायी समितीको वैठकमा पार्टी नेतृत्वको कडा आलोचना गरेका छन् । उनले सिद्धान्त, राजनीति र संगठनको क्षेत्रमा गतिरोध, अराजकता र अस्पष्टता देखिएको आरोप लगाएका छन् । उनले व्यक्त गरेका भनाईका केही वुँदाः

  • यी दुई वर्षलाई हेर्दा निर्वाचन जित्नु र बहुमतको सरकार बनाउनु नै सबैभन्दा ठूलो कुरा हो , सबै समस्याको समाधान हो भन्ने कोणबाट हामीले जनतालाई प्रशिक्षित गर्दैछौँ भन्ने देखिन्छ । कमरेडहरु ! खासगरी नेतृत्वका कमरेडहरु ! उत्तेजनाहीन र आग्रहहीन भएर धर्ति टेकौँ ।
  • गएको दश वर्षदेखि नेपाली जनवादी क्रान्ति सम्पन्न भएको निष्कर्षले हाम्रो आन्दोलनलाई सैद्धान्तिकरुपमा डोर्याएको छ । सामन्तवाद अन्त्य भएको र समाजपुँजीवादी भएको तथ्यलाई हामीले देखेको हुँदा त्यो निष्कर्षमा पुगेका थियौँ । तर त्यस सैद्धान्तिक निष्कर्षको महत्वलाई हामीले राजनीति र सङ्गठनका क्षेत्रमा स्थापित गर्न सकेनौँ । पूर्व नेकपा एमाले र नेकपा माओवादी मात्रै होइन आजको एकिकृत पार्टीले पनि त्यो काम जिम्मेवारीपूर्वक गर्न सकेन ।
  • त्यो क्रान्ति नै सम्पन्न भैसकेपछि र नयाँ कार्यभार अगाडि आइसकेपछि हामीले जुन नयाँ उँचाईबाट विचार र सङ्गठनलाई विकसित गर्नु पर्थ्यो त्यो हुन सकेन । त्यसले गर्दा सबै क्षेत्रमा नयाँनयाँ समस्याहरु देखा पर्दैछन् ।
  • अहिले समस्या नयाँनयाँ रुपमा आएका छन् । तिनको समाधान पुरानै ढाँचाबाट खोज्दा हामी अझ समस्याग्रस्त हुँदै जानेछौँ । त्यसर्थ, हामीले आफुलाई नयाँ ढाँचामा उभ्याउन हिम्मत गर्नै पर्छ ।

Logo