व्यवसायीको आन्दोलनले राजस्व प्रभावित

व्यवसायीको आन्दोलनले राजस्व प्रभावित


वीरगन्ज,

मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको व्यापार/व्यवसायक्षेत्रको आन्दोलनले देशकै प्रमुख नाका वीरगन्जमा राजस्व र ढुवानीमा नकारात्मक प्रभाव परेको छ ।

सरकारले साउन १ गतेदेखि लागू गरेको विभिन्न करको विरोधमा अहिले उद्योगी व्यवसायी तथा यातायातक्षेत्रको आन्दोलनले अर्थतन्त्रमा नकारात्मक असर पारेको हो । सरकारले लागू गरेको सवारी तथा चलानीपत्र निगरानी प्रणाली , भेइकल एन्ड कन्साइन्मेण्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) तथा विभिन्न कर नीतिको विरोधमा उद्योगी व्यवसायी र देशभरका ढुवानी व्यवसायी मालवाहक गाडी थन्क्याएर हड्तालमा उत्रिएका कारण त्यसको प्रत्यक्ष असर राजस्व असुली र सामान ढुवानीमा परेको हो ।

सरकारले साउन १ गतेदेखि ढुवानी व्यवसायलाई मूल्य अभिवृद्धि कर (भ्याट) को दायरामा ल्याउनुका साथै अनलाइनमार्फत निगरानी गर्ने नीति लागू गरेपछि त्यसको विरोधमा देशभरका ढुवानी व्यवसायी हड्तालमा उत्रिएका छन् । ढुवानी व्यवसायीको हड्तालका कारण बुधबारदेखि मालसामानको ढुवानी ठप्पभएपछि वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा रहेका साना ठूला गरी झन्डै सात सय उद्योग बन्द हुने अवस्थामा पुगेपछि उद्योगी चिन्तित भएका छन् ।

उद्योगलाई चाहिने कच्चा पदार्थको मौज्दात सकिन लागेको र उत्पादित तयारी मालसामान पनि बिक्रीका लागि बजारमा पठाउन ढुवानी बन्द भएर नपाएकाले करिडोरका सबै उद्योग बन्द हुने वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले बताए । ६ दिनदेखि मालसामानको ढुवानी ठप्प हुँदा विदेशबाट आयात गरिएका कच्चा पदार्थ र अन्य मालसामान वीरगन्ज भन्सार र सिर्सिया सुख्खा बन्दरगाहमै थन्किएका छन् ।
कारोबारबाट

Logo