धनगढी विष्फोटमा घाइते मध्ये एक जनाको ज्यान गयो

धनगढी विष्फोटमा घाइते मध्ये एक जनाको ज्यान गयो


कैलाली,

कैलालीको धनगढीमा विहिबार साँझ भएको बम विष्फोटमा घाइते भएका ५ जना मध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । विस्फोटमा परि गम्भीर घाइते भएका बझाङका राम सिंहको उपचारका क्रममा ज्यान गएको हो ।

धनगढीको शहीद गेट नजिकै रहेको निलम होटलमा बिहीबार साँझ बम विस्फोट हुँदा ५ जना घाइते भएका थिए । जसमध्ये गम्भीर घाइते भएका राम सिंहको उपचारका क्रममा माया मेट्रो अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

बम विस्फोटमा परि घाइते भएका होटेलका सञ्चालक केशवराज पाण्डेय, कञ्चनपुर बेल्डाँडीका लक्ष्मण सेरेला, धनगढीका जितेन्द्र यादव र ठेगाना नखुलेका मोबिन खानको उपचार जारी छ ।

विष्फोट विप्लव नेतृत्वका नेकपाका कार्यकर्ताले गराएको प्रहरीले शंका गरेको छ । विस्फोट भएको होटेलमा एक थान पेस्तोल र झोलासमेत फेला परेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Logo