नाचौं मितिनी भन्दै तीजगित लिएर आइन् इन्दिरा भट्टराई (भिडियो सहित)

नाचौं मितिनी भन्दै तीजगित लिएर आइन् इन्दिरा भट्टराई (भिडियो सहित)


काठमाडौं,

गायिका इन्दिरा भट्टराईको नयाँ तीज गीत बजारमा आएको छ । लामो समयदेखि सुगम संगीतमा सक्रिय भट्टराईले बरिष्ठ गीतकार दिनेश अधिकारीको शब्द रचना रहेको मौलिक तीज गीत बजारमा ल्याएकी हुन् । थुप्रै आधुनिक गीतमा आवाज भरेकी भट्टराईले सार्वजनिक गरेको ‘नाचौं मितिनी’ बोलको गीतमा लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठले संगीत गरेका छन् ।

बिहिबार राजधानीमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ । गीत सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै गायिका भट्टराईले भनिन् ‘तीजका नाममा बाहिर आएका तीजलाई सम्बोधन नगर्ने गीत भन्दा पर गएर मौलिक गीत खोज्दै जाँदा दिनेश अधिकारीसँग भेट भयो । उहाँ सँग गीत मागें । मलाई विश्वास गरेर गीत दिनु भयो । यो मेरो सांगीतिक करियरको एउटा सफलता मानेकी छु ।’ उनले आफूले यस गीतका लागि निक्कै मेहनत गरेको बताईन् ।

सार्वजनिक ‘नाचौं मितिनी’ बोलको उक्त गीतको म्यूजिक भिडियो निर्देशन कलाकार सम्झना बुढाथोकीले गरेकी हुन् । भागिरथा गाहाको कोरियोग्राफी रहेको गीतको म्यूजिक भिडियोमा सम्झना बुढाथोकी, नितु कोईराला, सदिक्षा रावत र आरोही भट्टराईले अभिनय गरेका छन् । राजु केसीको छायाँकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् । गीतमा सुदिप रागरको संगीत संयोजन रहेको छ । हेरौं नाचौं मितिनीको म्यूजिक भिडियो :

Logo