नेपाल लोक स्टारको मुख्य प्रायोजकमा आईएमई

नेपाल लोक स्टारको मुख्य प्रायोजकमा आईएमई


लोक संगीतलाई व्यवसायिक बनाउने प्रयास स्वरुप जन्मिएको ‘नेपाल लोक स्टार’ को मुख्य प्रायोजकमा ‘आईएमई’ आबद्ध भएको छ । अब आईएमईले दुई सिजनको लागि नेपाल लोक स्टारको प्रायोजन गर्नेछ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत दुई पक्षबीच सम्झौतामा हस्ताक्षर भएको छ ।

‘नेपाल लोक स्टार’ को मुख्य प्रायोजक भएसँग अब कार्यक्रमलाई ‘आईएमई नेपाल लोक स्टार’ नामाकरण गरिएको छ । सम्झौता अन्तर्गत ‘आई.एम.ई. नेपाल लोक स्टार’ को भोटिङ राउण्डमा एपबाट गरिने सबै भोटिङ ‘आईएमई-पे’ को एप मार्फत हुने भएको छ । यस कार्यक्रमको प्रोमोसन र बजार व्यवस्थापन भने ‘एड प्याड प्रालि’ गर्नेछ ।

नेपाली लोक संगीतका लागि ‘आई.एम.ई. नेपाल लोक स्टार’ कोसे ढुङ्गा साबित हुने आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलको भनाई छ । यसले लोक मात्र नभई सम्पूर्ण संगीत क्षेत्रलाई नै उकास्ने आयोजकले विश्वास लिएको छ ।

यस कार्यक्रमको लागत करिब १० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यस अर्थमा ‘आईएमई नेपाल लोक स्टार’ नेपालको सबैभन्दा ठुलो मौलिक रियालिटी शो मान्न सकिन्छ । यसको निर्माण ‘चाहाना मिडिया’ ले मौलिक संगीतलाई अन्तर्राष्ट्रिय स्वरुपमा ढाली आफ्नै नेपाली ब्राण्डमा बनाउन लागेको हो ।

यसको निर्माणमा संलग्न सम्पूर्ण जनशक्ति ‘नेपाल आईडल सिजन–२’ र ‘बुगीउगी सिजन–१’ का हुन् । यस प्रतियोगिताबाट तीनजना विजेता छनौट गरिने छ । जसमा प्रथम हुनेले ५० लाख, द्धितीयले २५ लाख र तृतीय हुनेले १० लाख नगद पुरस्कार पाउनेछन् । नगद पुरस्कारका साथै तीनै जना विजेतालाई एल्बम निकाल्ने सम्झौता हुनेछ ।

‘आईएमई नेपाल लोक स्टार’ का निर्णायकहरुमा जय नन्द लामा, बि.बि.अनुरागी, सुनिता दुलाल र रामजी खाँड रहेका छन् । यस कार्यक्रमको मेगा अडिसन सम्मको सम्पूर्ण सुटिङ पुरा भईसकेको छ भने आगामी असार १२ गते बाट प्रत्येक बिहिबार र शुक्रबार बेलुकी साढे ८ बजे एपी वान टेलिभिजनबाट प्रसारण हुनेछ ।

'नेपाल लोक स्टार' को मुख्य प्रायोजकमा आईएमई, विजेताले ५० लाख पुरस्कार पाउने

Posted by Kendrabindu – केन्द्रबिन्दु on Tuesday, June 18, 2019

Logo