व्यवसायीक बेसार खेतीतर्फ किसान आकर्षित

व्यवसायीक बेसार खेतीतर्फ किसान आकर्षित


बर्दिया ।

जंगली जनावरले धान बाली नस्ट गरिदिएपछि बर्दियाको मधुवन नगरपालिकाका कृषकहरु व्यवसायीक बेसार खेतीतर्फ आकर्षित भएका छन् । उत्पादन भएको धान जनावरले नस्ट पारिदिएपछि मधुवन नगरपालिका वडा नम्बर १ का ७५ जना किसानले बेसार खेति शुरु गरेका हुन् ।

करिब १४ विघा जमिनमा बेसार खेती गरेका हुन् । बेसार खेतीको उत्पादन, प्रशोधन तथा बजारीकरण गर्नमा कृषकहरुलाई सहयोग गर्ने गरिएको छ । सो खेतमा धानको खेती गर्दा जंगली जनावरले सबै बाली सखाप पारेका थिए तर यो बर्ष बेसार खेती गर्दा केही राहत हुने भएको देखिन्छ ।

मधुवन नगरपालिकाको बेसार खेती पकेट क्षेत्र विस्तार योजना अनुसार नगरपालिकाको अनुदान र लुथर्न वर्ल्ड रिलिफको आर्थिक सहयोगमा नगरपालिकाका किसानहरुले बेसार खेती शुरु गरेका हुन् । दलित महिला उत्थान संघद्वारा सञ्चालित आर्थिक सशक्तिकरणका लागि सीप तथा उद्यमशिलता विकास परियोजना अन्तर्गत किसानहरुले बेसार खेती गरिरहेका छन् । मधुवन नगरपालिका वडा नं. एक का ७५ जना किसानले करिव १४ विघा जमिनमा बेसार खेती गरेका छन् । परम्परागत रुपमा गरिने धानमा जंगली जानावरले क्षति पुर्याएपछि किसानहरु बेसार खेतीमा आकर्षित भएका हुन् ।

सामूहिक रुपमा बेसार खेती गरिएकाले यसलाई विस्तार गरी आगामी वर्ष २० विघा बेसार लगाउने योजनामा नगरपालिका रहेको छ । नगरपालिकामा १० वटा पकेट क्षेत्र रहेको र त्यस मध्ये बेसार खेतीलाई पहिलो प्राथमिकता दिएर अगाडि नगरपालिकाका कृषि शाखा प्रमुख एकराज ओलीले बताए। नगरपालिकाले बेसार खेतीमा किसानहरुलाई प्रोत्साहित गर्न बिउ समेत उपलब्ध गारएको छ ।

बेसार खेती शुरु भएपछि नगरपालिकाले अनुगमन समेत गरेको छ । शुद्ध बेसार उत्पादन गरी बजार पठाउने र किसानहरुको आर्थिक जीवन बढाउने उद्देश्यले नगरपालिकाले किसानहरुलाई बेसार खेतीतर्फ आकर्षित गरेको हो ।

Logo