देउवाले भने, ‘त्यो शेखर जथाभावी बोल्दै हिँड्ने ? के हैसियत छ ?

देउवाले भने, ‘त्यो शेखर जथाभावी बोल्दै हिँड्ने ? के हैसियत छ ?


पर्सा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कोईराला परिवारमाथि कडा रुपमा प्रस्तुत भएका छन् । नेता शेखर कोइरालाको नामै लिएर पार्टीको हैसियतबारे प्रश्न गरेका हुन् ।

बुधबार वीरगञ्जमा पर्सा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देउवाले कोईराला थर हुँदैंमा पार्टी सभापति बन्न नपाईने भन्दै पार्टी कोइराला परिवारको बपौती नभएको टिप्पणी गरे ।

कोइराला परिवारको प्रसंग निकाल्दैं देउवाले भने, ‘ आजभोली त्यो शेखर जथाभावी बोल्दै हिँडेको छ । त्यसको पार्टीमा के हैसियत छ ?’

पछिल्लो समय कोइराला परिवारका तीन सदस्य महामन्त्री शशांक र केन्द्रीय सदस्यद्वय शेखर र सुजाता कोइरालाले आफूहरु एक भएको र एक जना सभापतिमा लड्ने बताउँदै आएका छन् ।

शनिबार वीरगञ्जमा जीपी कोइराला फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा तीन कोईराला एक भएर पार्टीलाई बलियो बनाउने उद्घोष गरेका थिए । सभापति देउवाको चर्को आलोचना गर्दै आएको शेखरमाथि देउवा कडा रुपमा प्रस्तुत भएका हुन् ।

उनले आफूहरुले टाउको फुटाउँदा उहिले कोइराला परिवार भन्नेहरु कहाँ थिए भन्ने प्रश्न गरे । देउवाले जथाभावी बोल्दै हिँडे अनुसानको कारवाही गर्ने समेत चेतावनी दिए ।

Logo