काठमाडौँमा दुई ठाउँमा आगलागी, एक जनाको मृत्यु

काठमाडौँमा दुई ठाउँमा आगलागी, एक जनाको मृत्यु


काठमाडौँको दुई ठाउमा आगलागी भएको छ।  आगलागीमा परी एक जनाको मृत्यु भएको छ ।

टोखा नगरपालिका–३ ढलमलस्थित घरको पेटीमा सुतिरहेको अवस्थामा गएराति करिब १२ः३० बजे भएको आगलागीमा परी घाइते भएका एक पुरुषको कीर्तिपुर मोडेल अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मृत्तकको पहिचान र आगलागीका कारण नखुलेको तथा यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै काठमाडौँ महानगरपालिका– २९ मैतिदेवीस्थित सविना महर्जनको कपडा पसलमा आगलागी हुँदा करीब रु २० लाखको धनमाल क्षति भएको जनाएको छ ।

Logo