ललितपुर । लिभरपुल कलेज एल्मुनाई एसोसिएसनले अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री सहयोग गरेको छ । एसोशिएसनले शनिवार ललितपुरको इमाडोलमा रहेको ग्लोरी चिल्ड्रेन होममा शैक्षिक सामाग्री वितरण गरेको हो । "/>

लिभरपुल कलेज एल्मुनाई एसोसिएसनद्धारा अनाथ बालबालिकालाई सहयोग

लिभरपुल कलेज एल्मुनाई एसोसिएसनद्धारा अनाथ बालबालिकालाई सहयोग


ललितपुर । लिभरपुल कलेज एल्मुनाई एसोसिएसनले अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री सहयोग गरेको छ । एसोशिएसनले शनिवार ललितपुरको इमाडोलमा रहेको ग्लोरी चिल्ड्रेन होममा शैक्षिक सामाग्री वितरण गरेको हो ।

विद्यार्थीहरुलाई आवश्यक पर्ने कापी र कलम जस्ता आवश्यक सामाग्रीहरु प्रदान गरिएको लिभरपुल कलेजका प्रवन्ध निर्देशक जयराम थापाले जानकारी दिए । अनाथ बालबालिका तथा विद्यार्थीहरुलाई निरन्तर सामाजिक काममा कलेजले सहयोग गर्ने उनले बताए ।

यस्ता सामाजिक काममा लाग्दा आफ्नो मन नै शान्त भएको निर्देशक थापाको भनाई छ । उनले संस्थाबाट नभएर व्यक्तिगत रुपमा पनि नगद पाँच हजार सहयोग गरेका छन् ।एसोसिएसनका अध्यक्ष अभिषेक तिवारीले आगामी दिनमा पनि अनाथ बालबालिकाहरुको शिक्षा र स्वस्थ्यमा सहयोग गर्ने घोषणा गरे ।

 

Logo