काठमाडौँ

नेपालीको महान पर्व दशैँ नजिकिएसँगै दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको भन्दै त्यसको नियन्त्रण गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गरेका छन् । "/>

चार्डपर्वको मुखमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिबारे सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

चार्डपर्वको मुखमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिबारे सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण


काठमाडौँ

नेपालीको महान पर्व दशैँ नजिकिएसँगै दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको भन्दै त्यसको नियन्त्रण गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गरेका छन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बुधबारको बैठकमा सांसदहरुले चाडबाडको मुखमा मूल्यवृद्धि नगर्न आग्रह गरेका हुन् । समितिका सभापति विमलप्रसाद श्रीवास्तवले चिनीको भाउ वृद्धि, बजार अनुगमनमा देखिएको कमजोरी, सहुलियत पसल सञ्चालन र कालोबजारीका कारणबारे सरकारको ध्यानाकर्षण गराए ।

सांसद रामवीर मानन्धरले जनतालाई प्रत्यक्ष अनुभूति हुने खालको काम गर्न सरकारलाई सुझाव दिए भने सांसद देवेन्द्र पौडेलले दैनिक उपभोग्य वस्तुमा किन र कसरी मूल्य बढाइयो भन्नेबारे जनतालाई जानकारी दिनुपर्ने बताए । सांसदहरु गोपालबहादुर बम, अमृतादेवी अग्रहरि, सरिता न्यौपाने, दुर्गाकुमारी विश्वकर्मा लगायतले चाडबाडको समयमा कालोबजारी हुने गरेको भन्दै बजार अनुगमनलाई प्रभावकारी बनाउनु पर्ने बताए ।

सांसदहरुले राखेको जिज्ञासाको उत्तर दिँदै उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री मात्रीका यादवले चाडबाडको समयमा जनतालाई राहत दिने कुरामा सरकार प्रतिबद्ध रहेको बताए । उनले बजार अनुगमन गर्दै सहुलियत पसल सञ्चालन र कालोबजारी नियन्त्रण गर्न सरकार कटिबद्ध रहेको दोहोर्याए । मन्त्री यादवले दशैँको मुखमा चिनी, तेल, खाद्यान्नको मुल्य नबढाउनका लागि छलफल गर्न समिति गठन गरिएको स्पष्ट पारे ।

मन्त्रालयका सचिव चन्द्र घिमिरेले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेका कारण नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढेको बताए । उपभोक्ता हित तथा आपूर्ति विभागका महानिर्देशक योगेन्द्र गौचनले दशैँका लागि असोज १२ देखि २७ गतेसम्म सहुलियत पसल सञ्चालन गर्न लागेको जानकारी दिए ।
रासस

Skip This
Logo