झारफुक गर्ने भन्दै बलात्कार !

झारफुक गर्ने भन्दै बलात्कार !


म्याग्दी, १ साउन । बेनी नगरपालिकाको एकै बस्तीका दुई महिला झारफुक गर्ने बहानामा झाँक्रीबाट बलात्कृत भएका छन् ।

बागलुङ नगरपालिका ६ का काजु भनिने ५८ बर्षीया कर्णबहादुर किसानले एक साताअघि ती महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

आरोपी किसानलाई प्रहरीले उनको बागलुङस्थित घरबाट पक्राउ गरी शुक्रबार अदालतमा मुद्दा दर्ता गरेको छ ।  (कान्तिपुर दैनिकबाट)

Logo