कोभिड बढ्न थाल्यो, सतर्कता अपनाउनै पर्छ : स्वास्थ्यमन्त्री त्रिपाठी

कोभिड बढ्न थाल्यो, सतर्कता अपनाउनै पर्छ : स्वास्थ्यमन्त्री त्रिपाठी


स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले आगामी जेठ र असारमा कोभिड संक्रमणको दर उच्च विन्दुमा पुग्न सक्ने भन्दै स्वास्थ्य मापदण्डलाई पालना गर्न सबैलाई आग्रह गरेका छन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको तर्फबाट कोभिड नियन्त्रणका लागि भएका पहलकदमीबारे जानकारी दिँदै मन्त्री त्रिपाठीले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्न आग्रह गरेका हुन् । पछिल्लो समय कोभिड संक्रमितहरु बढ्दै गएको र छिमेकी भारतमा पनि बढ्दो दरमा रहेकाले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना नगरे जेठ असारमा पुन उच्च दरमा पुग्न सक्ने उनको ठम्याइ छ ।

उनले महामारी नियन्त्रणका लागि सरकारले समयमै आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गरेको स्पष्ट पारे । उनले गत पुस २० गते नै कोभिड १९ खोप प्राप्ति र कार्यान्वयनका लागि सरकारले सबै आवश्यक निर्णयहरु भएको बताए । खोपको आपतकालिन प्रयोगको अनुमति प्राप्त गरी आवश्यक कानुनी व्यवस्था गर्न औषधी तेश्रो संशोधन अध्यादेश २०७७ जारी गरिएको उनले जानकारी दिए । तर अध्यादेश संसदको पहिलो बैठकमा पेश हुन नसकेको तर्फ उनको छ ।

Logo