अक्सिजन सकियो, बिरामी छटपटाउँदै

अक्सिजन सकियो, बिरामी छटपटाउँदै


कोरोना विशेष अस्पताल बेलझुन्डीमा उपचाररत बिरामी अक्सिजन अभावका कारण छटपटाउन थालेका छन् ।

यहाँ दुई दिनदेखि अक्सिजन अभाव थियो । आपूर्ति र व्यवस्थापनमा सरकारले ध्यान नदिएपछि आइतबार बिहानदेखि स्टक पनि सकिएको छ । बिरामी छटपटाउन थालेपछि अस्पताल प्रशासन र चिकित्सक चिन्तित देखिएका छन् । अस्पतालका व्यवस्थापक द्रोणबहादुर ओलीले आइतबार बिहानदेखि एक सिलिन्डर पनि अक्सिजन नरहेको बताए ।

‘हिजैदेखि प्रदेश सरकार, जिल्लाका निकायलाई हारगुहार गर्दै आएका छौं । अहिलेसम्म कसैले सुनेका छैनन्’, ओलीले भने, ‘अहिले बिरामीहरू अक्सिजन अभावमा बेडमा छटपटाइरहेका छन् । हामीसँग अक्सिजन शून्य छ । दबाबमा बेड त बढाइयो तर आवश्यक सामग्री व्यवस्थापनमा कसैको चासो भएन । यही अवस्था रहेमा बिरामीको उपचार सम्भावना छैन ।’

अस्पतालमा दैनिक डेढ सय सिलिन्डर अक्सिजन खपत हुने गरेको उनको भनाइ छ । चर्को दबाबका कारण यो अस्पताल १ सय बेडको चलाउने निर्णय शनिबार मात्रै गरिएको थियो । ४२ बेडमा सञ्चालन हुँदै आएकोमा ५८ बेडमा विस्तार गरिएको छ ।
अस्पताललाई सय बेडमा सञ्चालन गर्न दैनिक करिब ४ सय सिलिन्डर अक्सिजन आवश्यक पर्ने व्यवस्थापक उनले बताए । अस्पतालका बिरामीको रक्षा भगवान भरोसा मात्रै छ । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । 

Logo