घटनालाई राजनीतिक संज्ञा नदिन नेकपाको आग्रह

घटनालाई राजनीतिक संज्ञा नदिन नेकपाको आग्रह


काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सर्लाही जिल्ला कमिटीले रामनगर गाउँपालिका–७ महेन्द्र रामको मृत्युको घटनालाई राजनीतिक रूप नदिन आग्रह गरेको छ ।

स्थानीयवासी महेन्द्र रामको आफ्नै समुदायबीच आपसी विवादपछि घाइते भई भोलिपल्ट निधन भएकामा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले त्यसलाई राजनीतिक रूप दिन खोजेको नेकपाको आरोप छ । असोज २१ गते त्यहाँ आपसी विवाद हुँदा घाइते भएका रामको असोज २२ गते उपचारका क्रममा बीरगंजमा निधन भएको थियो ।

नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तद्वारा जारी विज्ञप्तिमा पीडितलाई उपचार खर्चसहित उचित क्षतिपूर्ती दिइ दोषीलाई कानूनी कारबाही गरी पीडितप्रति न्याय दिन आग्रह गरिएको छ । घटनाका दिन इलाका प्रहरी कार्यालय गडैयामा रहेका र गाउँमा नै नरहेका मानिसलाई समेत फसाउन खोजिएको भन्दै विज्ञप्तिमा आपत्ति जनाइएको छ ।रासस

Logo