मोरङमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

मोरङमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


मोरङको सुन्दर हरैचा नगरपालिका-९ आर्दश चोकमा दुईओटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा दुई जना घाइते भएका छन् । को ३५ प ७१३८ नम्बरको मोटरसाइकल र प्रदेश १-०२-०४४ प ६३४२ नम्बरको मोटरसाइकल बुधबार बेलुकी साढे ७ बजे ठोक्किएका थिए । 

दुर्घटनामा गम्भीर घाइते भएका ६३४२ नम्बरको मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय नवराज राईको उपचारको क्रममा बिराटनगर स्थित गोल्डेन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

घाइते भएका अर्को मोटरसाइकलमा सवार दुई जनाको न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय बिराटचोकले जनाएको छ ।

Logo