लुम्बिनी प्रदेश सभाको दशौं अधिवेशन अन्त्य

लुम्बिनी प्रदेश सभाको दशौं अधिवेशन अन्त्य


लुम्बिनी प्रदेशसभाको दशौं अधिवेशन गएरातिबाट अन्त्य भएको छ । 

प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु दशौं अधिवेशन अन्त्य गरेका हुन् । नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख शेरचनले अधिवेशन अन्त्य गरेको सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।

Logo