गृहको प्रष्टीकरण- ‘आरजु राणा र कृष्ण सिटौलालाई पक्राउ गर्न निर्देशन दिएकाे कुरा भ्रम मात्रै’

गृहको प्रष्टीकरण- ‘आरजु राणा र कृष्ण सिटौलालाई पक्राउ गर्न निर्देशन दिएकाे कुरा भ्रम मात्रै’


उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवा र पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलालाई पक्राउ गर्न निर्देशन दिएको भन्ने समाचारप्रति गृह मन्त्रालयले ध्यानाकर्षण जनाएको छ । 

सोमबार अपरान्ह एक विज्ञप्ति जारी गर्दै गृहले ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन’शीर्षकमा समाचारप्रति ध्यानाकर्षण भएको जनाएको हाे । सहसचिव केदारनाथ शर्माद्वारा जारी विज्ञप्तिमा उक्त समाचार झुटो र भ्रटाचारविरुद्धको अभियानलाई दिग्भ्रमित पार्न लागेका समूहलाई फाइदा पुर्‍याउने गरि प्रकाशन गरिएको भन्दै संस्थालाई सचेत रहन आग्रह पनि गरिएकाे छ। 

‘भ्रष्टाचार र अपराध नियन्त्रणलगायतका अनुसन्धान प्रक्रियालाई दबाव रहित बनाई प्रहरी निकायलाई स्वतन्त्रता पूर्वक अनुसन्धान गर्न मन्त्रालयको नेतृत्व तहबाट निरन्तर सहजीकरण र निर्देशन हुने गरेको छ । तथापि त्यस्तो निर्देशन दिने क्रममा गृहमन्त्रीबाट कुनै व्यक्तिलक्षित गरी केही गर्न वान गर्न कुनै प्रकारको निर्देशन दिएको कुरा भ्रामक, कपोलकल्पित र झुठा हो। सत्यमा आधारित नभईकन प्रकाशित यस्ता खालका समाचारले मन्त्रालयले हाल सञ्चालन गरिरहेको अपराध र भ्रष्टाचार नियन्त्रणको अभियानलाई दिगभ्रमित पार्न उद्यत समूहलाई मात्र फाइदा पुग्ने विषय तर्फ जिम्मेवार प्रकाशन संस्था सतर्क रहनु वान्छनीय छ।’ जारी विज्ञप्तिमा भनिएको छ।

हेर्नुहोस्, गृहको पत्र-

May be an image of tea and text

Logo