आफ्नो देशको समर्थन गर्न ६० हजार ब्राजिलियन रुस जाँदै

आफ्नो देशको समर्थन गर्न ६० हजार ब्राजिलियन रुस जाँदै


फिफा बिश्वकपमा आफ्नो देशलाई समर्थन गर्न ६० हजार ब्राजिलियन नागरिक रुस जाने भएका छन् । आफ्नो देशबाट ठुलो संख्यामा समर्थकहरु रुस जाने भएपछि ब्राजिलले रुसमा ५ शहरमा नयाँ कन्सुलर बिभाग खोलेको छ ।

ब्राजिलका विदेश मन्त्रीले ६० हजार भन्दा बढी समर्थकले टिकट लिई सकेको बताएका हुन् । साथै उनले रुसमा आफ्ना देशका नागरिकलाई सहज होस् भनेर १ सय ३४ पेजको सहयोगी पुस्तिका समेत निष्काशन गरेको बताएका छन् । पुस्तिकामा रुसको संस्कृति, कानुन, नियम लगायतका बिषयको जानकारी समेटिएको छ । यी पुस्तिका रुस जान लागेका आफ्ना देशका समर्थकलाई विमानस्थलमा वितरण गरिने छ ।

५ पटक उपाधि जितेको ब्राजिल प्रतियोगीताकै सर्बाधिक सफल टोली हो । यस पटक पनि ब्राजिललाई उपाधि दाबेदारको रुपमा हेरिएको छ । ब्राजिल बिश्वकपमा समुह ई मा परेको छ । ब्राजिलसंगै यस समुहमा स्विजरल्याण्ड , कोस्टारिका र सर्बियाँ छन् । ब्राजिल फिफा बिश्व बरियतामा जर्मनीपछि दोस्रो स्थानमा कायम छ । ब्राजिलले आफ्नो पहिलो खेल स्विजरल्याण्ड संग खेल्ने छ ।

खेल अबको ६ दिनपछि सुरु हुनेछ ।

Skip This
Logo