काठमाडौं । सरकारले टीकापुर घटनाका प्रमुख अभियुक्त सांसद् रेशम चौधरीलाई रिहा गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ । "/>

टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई रिहा गर्न सरकार तयार !

टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई रिहा गर्न सरकार तयार !


काठमाडौं । सरकारले टीकापुर घटनाका प्रमुख अभियुक्त सांसद् रेशम चौधरीलाई रिहा गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ । मन्त्रीपरिषद्को बैठकको निर्णयबाट उनलाई रिहा गराउने प्रक्रिया अगाडि बढाउने तयारी भएको हो ।

उनलाई रिहा गराउन सरकार तयार भएपछि राजपा पनि सरकारमा सहभागी हुन इच्छुक देखिएको छ । ९ जनाको ज्यान जानेगरी भएको घटनाका मुख्य अभियुक्त मानिएका चौधरीले अदालतसमक्ष आत्मसमर्पण गरेका थिए । अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । हिरासतमा रहेका बेला चौधरी विभिन्न माग राख्दै अनशन बसेका थिए ।

अनसनकै क्रममा स्वास्थ्य अवस्था विग्रिएपछि उनलाई कैलालीबाट काठमाडौं ल्याईएको थियो । वीर अस्पत्तालमा उपचारको क्रममा पनि अनसन जारी राखेपछि सरकार उनको माग पुरा गर्न सहमत भएको हो । गृहमन्त्री रामबहादुर थापाले उनका माग सम्बोधन गर्ने भन्दै अनसन तोडाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चौधरीलाई भेटेर रिहा गर्ने आश्वासन दिएपछि राजपा पनि सरकारमा सहभागी हुन इच्छुक देखिएको हो । ओलीले मन्त्रिपरिषद निर्णयबाट मुद्दा फिर्ता लिई सांसद चौधरीलाई रिहा गरिदिने आश्वासन दिँदै राजपालाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।

प्रधानमन्त्रीको आश्वासन पछि नै सांसद चौधरीले शुक्रबार अनशन तोडेका थिए । सरकारमा जाने उद्देश्य राखेर नै राजपाले ओलीलाई संसदमा विश्वासको मत दिएको थियो । चौधरी ०७२ भदौ ७ मा कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा एसएसपी सहित ७ सुरक्षाकर्मी तथा दुईवर्षे बालकको हत्याका आरोपी हुन् । उनले भूमिगत रूपमै राजपाबाट उम्मेदवारी दिएर चुनाव जितेका थिए ।

 

Logo