मतदान अधिकृत सुतेकै ठाउँमा मृत फेला

मतदान अधिकृत सुतेकै ठाउँमा मृत फेला


सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–५ मा  एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका छन् ।

सर्लाहीको हरिपुर्वा नगरपालिका–५ स्थायी ठेगाना भई फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय शनिबार बिहान सुतेकै ठाउँमा मृत भेटिएका हुन् । गएराति मतदान केन्द्रमै सुतेका राय आज बिहान ४ बजे अन्य कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलेखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी रामकिशोर साहले जानकारी दिए । रायलाई लामो समयदेखि सुगर र मुटुको समस्या रहेको पाइएको उनले बताए । राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत थिए।

Logo