स्वास्थ्यमन्त्री बस्नेतको पहिलो निर्णयः स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने

स्वास्थ्यमन्त्री बस्नेतको पहिलो निर्णयः स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने


नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका मन्त्री बस्नेतले नियमित सेवाका अलावा सरुवा रोग फैलिन नदिन प्रदेश र स्थानीय तहका साथै दातृ निकायको समन्वयमा स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने पहिलो निर्णय गरेका हुन् ।

नवनियुक्त मन्त्री बस्नेतलाई मन्त्रालयमा कर्मचारीहरुले स्वागत गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उनी बुधबार मन्त्री पदमा नियुक्त भएका हुन् । 

Logo