मीन राशि हुनेकाे लागि यो साता कस्तो रहला? हेर्नुहोस् साप्ताहिक राशिफल

मीन राशि हुनेकाे लागि यो साता कस्तो रहला? हेर्नुहोस् साप्ताहिक राशिफल


२०८० असोज १३ देखि असोज २० सम्म।

ज्योतिष शास्त्रका अनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन्, त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ।

हामी ग्रहस्थिति अनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौं। साप्ताहिक राशिफलको मद्दतले तपाईंले आगामी साता तपाईको लागि कस्तो रहनेछ, के नयाँ हुन सक्छ, तपाईको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ, समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ।

तपाईंको राशि अनुसार थप योजनाहरू बनाउनुस्। हामीले प्रदान गरेको उपायले तपाईंको साता राम्रो बित्ने छ बाधाबिघ्न हट्नेछ। तर, सबैलाई सबै राशिका कुरा नमिल्न सक्छ, यो भविष्यवाणी ग्रह गोचरको आधारमा हुने । हामीले दिएको उपाय अपनाउनु भो भने यो साता तपाईंको लागि एकदम राम्रो बित्नेछ। 

नयाँ सम्पत्ति किन्नको लागि बिहीबार र शुक्रबार सूभसाइत छ। आजबाट शोर्हश्राद शुरु भएकाे छ। यो १६ दिन आफ्नो पितृ तथा पूर्वजहरुलाई नियमित जल चढाउनुस् र तिथि अनुसार श्राद गर्नुस्। यो बर्षभरको लागि विशेष उपाय हो।

प्रस्तुत छ, ज्योतिषी आचार्य प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको  राशिफल-

मिन राशि
समय र गति मिश्रित रहनेछ। साताको पहिलो दुई दिनमा तपाईंले आफ्नो परिवार र व्यवसायलाई ट्रयाकमा फर्काउन हरसम्भव प्रयास गर्नुहुनेछ।

धन,वित्त र लगानीको अवसर मिल्नेछ। सम्मान प्राप्त हुनेछ।मंगलबार र बुधबार व्यापारमा केही ठोस र महत्वपूर्ण निर्णय लिनुहुनेछ,जसका कारण समाजमा निडरको छवि बन्नेछ। 

कतै अड्किएको धन प्राप्त हुनेछ। यो साता दुश्मनहरुसँग सजग रहनुहोला। तपाईंको छबि बिगार्न खोज्छन्, ध्यानदिनु होला। गलत काम केही नगर्नुहोला। यो साता सत्कर्म गर्नुहोला। तपाईंको हरेक कदमको दुश्मनले फाइदा उठाउन खोज्ने छन् सजग रहनुहोला।

उपाय- शुक्रबार आँखा नदेख्नेहरुलाई खिर भोजन गराउनुहोला।

Logo