साफ च्याम्पियनसिप: नेपालविरुद्ध भारत ३–१ ले अगाडि

साफ च्याम्पियनसिप: नेपालविरुद्ध भारत ३–१ ले अगाडि


विराटनगर । साफ च्याम्पियनसिपको उपाधि भिडन्तमा भारतले अग्रता लिएको छ । भारतका लागि खेलको ६२ औं मिनेटमा ग्रेस डाङमाले र अञ्जु तामाङले १ गोल गर्दै ३–१ को अग्रता भएको छ ।

पहिलो हाफ गोलरहित भएको खेलमा नेपालले भारतलाई दबाबमा राखेपनि फेरि पछि परेको छ। यसअघि पहिलो हाफमा पछि परेको नेपालका लागि सावित्रा भण्डारीले गोल गर्दै बराबरी गरेकी थिइन्।

भारत लगातार पाँचौ पटक उपाधि जित्ने दाउमा छ भने नेपाल पहिलो पटक उपाधि जित्दै यसअघि फाइनलमा भारतसँग व्यहोरेको हारको बदला लिँदै इतिहास लेखाउने लक्ष्यमा रहेको छ।

प्रदेश १ को सरकारले उपाधी जितेमा प्रत्येक नेपाली खेलाडीलाई जनही २ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । उपविजेता बनेपनि प्रत्येक खेलाडीले १–१ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । पछिल्ला दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा भएको भेटमा नेपाली महिला फुटबल टोली भारतसँग अपराजित छ।

गत नोभेम्बरमा भएको ओलम्पिक छनोट प्रतियोगिताको पहिलो चरणअन्तर्गत समूह ‘सी’को खेलमा नेपालले भारतलाई गोलरहित बराबरीमा रोकेको थियो। त्यसपछि गत फेब्रुअरीमा भारतमै भएको हिरो वुमन्स गोल्डकपमा नेपालले भारतलाई २–१ गोलले हराएको थियो।

नेपाल चौथो पटक साफ महिला च्याम्पियसिपको फाइनलमा पुगेको हो। यसअघिको चारवटै संस्करणमा नेपाली टोली भारतसँगै पराजित हुँदै उपाधि होडबाट बाहिरिदैं आएको थियो । नेपाली टोली यसअघि तीनपटक फाइनलमा र एकपटक सेमिफाइनलमा भारतसँग हारेको थियो।

सन् २०१० मा सुरु भएको प्रतियोगिताको अघिल्लो तीन संस्करणको फाइनलमा नेपाललाई नै पराजित गर्दै भारतले उपाधि जितेको थियो। सन् २०१६ मा नेपाललाई सेमिफाइनलमै पराजित गरेको भारतले फाइनलमा बंगलादेशलाई ३–१ ले हराउँदै चौथोपटक उपाधि उचालेको थियो।

Logo