प्रेसिडेन्सियलले गर्‍याे १० महिने डिजिटल ट्रान्स्फरमेसन कार्यक्रम

प्रेसिडेन्सियलले गर्‍याे १० महिने डिजिटल ट्रान्स्फरमेसन कार्यक्रम


प्रेसिडेन्सियल कलेजले १० महिना लामो डिजिटल ट्रान्सफरमेसन कार्यक्रम सम्पन्न गरेको छ । 

स्नातक तह अध्ययन गरिरहेका विद्यार्थीहरूका लागि डिजाइन गरिएको १० महिने लामो कार्यक्रम पछिल्लो समय बजारमा रहेका हरेक प्रविधिसँग सम्बन्धित थिए । सहभागीहरूले पाँचवटा आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङ, क्लाउड इनएबलमेन्ट, ब्लकचेन, साइबरसेक्युरिटी र डिजिटल इकोनोमी स्ट्याक विषयमा १० महिनाभरी विद्यार्थीहरुले फरक तरिकाबाट जानकारी लिएका थिए । भौतिक र भर्चुअल दुबै माध्यमबाट भएको कार्यक्रमले विद्यार्थीहरूलाई विश्वको डिजिटल ट्रान्स्फरमेसन प्रविधिहरूको आधारभूत कुरा सिक्न र क्षमता अभिवृद्धिमा ठूलो मद्दत पुर्याएको विश्वास प्रेसिडेन्सियल कलेजको छ ।  

अन्तर्राष्ट्रिय क्षेत्रमा विशेषज्ञता हासिल गर्न सफल विज्ञ व्यक्ति संलग्न रहेको कार्यक्रममा ब्रिटिस टेलिकम, पीडब्लुसी, विप्रो र फ्लिपकार्ड, स्ट्यान्डफोर्ड, इनफोसेस, एसेटिन्ओर, एआई र एचसीएल टेक्नोलजी लगायत सहभागी थिए । कार्यक्रम डिजाइन र सिकाइका क्रममा प्रेसिडेन्सियल सीएफइले राष्ट्रिय र अन्तर्राष्ट्रिय वक्तासँग विभिन्न तालिम, वेबनार, कुराकानी र अन्य विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको थियो । 

कार्यक्रममा इनोभेसन ल्याबका प्रबन्धक र प्रेसिडेन्सियल सेन्टर फर एक्सिलेन्स इन बिजनेस एण्ड टेक्नोलजिकाका कार्यकारी सदस्य पारस डोटेल भन्छन् “हाम्रो उद्धेश्य डिजिटल ट्रान्स्फरमेसनमा सहभागीहरु विकसित र सुसज्जित हुन सकुन भन्ने हो । यस्ता कार्यक्रमले विद्यार्थीलाई बदलिँदो व्यावसायिक परिदृश्यका लागि अझ राम्रोसँग तयार पार्न मद्दत गर्दछ ।” 

यो कार्यक्रम प्रेसिडेन्सियल सीएफई, प्रेसिडेन्सियल बिजनेस स्कूल र टिन्जक्ल्याप फ्युचरवक्र्स इन्डियाको संयुक्त पहलमा सञ्चालन गरिएको थियो ।

Skip This
Logo