काठमाडौँ । तारकेश्वर शैक्षिक मञ्चद्वारा हिजो शुक्रबार संविधान दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरे । शुभकामना इङलीस बोर्डिङ स्कुल सहआयोजक रहेको रक्तदान कार्यक्रम शुभकामना बोर्डिङ स्कुलको प्राङ्गणमा गरिएको थियो।
रगत दान गर्नु, जीवन दान गर्नु हो भन्ने मुल नारालाई पछ्याउँदै यतिबेला नेपालमा डेंगु रोगले गर्दा बजारमा रगत अभाव हुँदै गएकाले तारकेश्वर शैक्षिक मञ्चले रक्तदान कार्यक्रम सञ्चालन गरेको शैक्षिक मञ्चका अधयक्ष शिवहरी लामिछानेले बताए ।
लामिछानेले रक्तदान कार्यक्रममा सहभागी सम्पूर्ण सदस्य विद्यालय, रक्तदाता महानुभावहरू, ब्लड बैंकका कर्मचारीहरू तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद समेत दिएका छन् ।
रक्तदान कार्यक्रममा मञ्चका सचिव नवराज न्यौपाने, नर्थस्टार बोडिङ स्कुलका प्रिन्सिपल राधाकृष्ण अर्याल, काठमाडौं शिक्षालयका प्रिन्सिपल घनश्याम पाण्डे लगायतका व्यक्तिहरू सहभागी भएका थिए ।
प्रकाशित: ४ असोज २०७६ १३:१८ शनिबार