हेराल्ड कलेजको दीक्षान्त समारोह सम्पन्न

हेराल्ड कलेजको दीक्षान्त समारोह सम्पन्न


हेराल्ड कलेज काठमाडौंको दीक्षान्त समारोह–२०२२ सम्पन्न भएको छ । 

दीक्षान्त समारोहमा स्नातक (ग्रयाजुएट) तह पुरा गरेका ३ सय ९६ जनालाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरीएको थियो । त्यसमध्ये ३६१ जना विद्यार्थी बिएस्सी (अनर्स) कम्प्युटर साइन्स र ३५ जना विद्यार्थी बिएस्सी (अनर्स) इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट विषयका रहेका छन्।

ती बिद्यार्थीलाई बेलायतस्थित उल्भरहेम्टन विश्वविद्यालयका सह उपकुलपति (प्रो भाइस चान्सलर) टिम स्टिलले दीक्षान्तको प्रमाणपत्र प्रदान गरे । 

वार्षिक कार्यक्रम अनुसार दीक्षान्त समारोह आयोजना गरेको कलेजले जनाएको छ । सो कलेजबाट दीक्षित उत्कृष्ट विद्यार्थीलाई इनोभेट नेपाल गु्रपले छात्रवृति उपलब्ध गराएको छ । त्यसैगरी हेराल्ड कलेजमा अन्तराष्ट्रिय एमबिए अध्ययन गर्न समेत छात्रवृतिको व्यवस्था गरेको छ ।

सो अवसरमा बोल्दै कलेजका प्रमुख कार्यकारी अधिकृत प्रकाश श्रेष्ठले नेपालमा उत्कृष्ट र गुणस्तरीय शिक्षा प्रदान गर्न सफल कलेज भएको उल्लेख गर्दै कलेजमा अध्ययन गर्ने विद्यार्थीले भविष्यमा सजिलै रोजगारी हासिल गर्न सक्ने दाबी गरे। 

साथै सह-उपकुलपति स्टिलले नेपालमा उत्कृष्ट शिक्षा लिन सफल हेराल्ड कलेज काठमाडौका सम्पुर्ण टिमलाई धन्यवाद दिए । ‘म यो गौरब गर्न चाहन्छु कि विश्वविद्यालयको सोच अनुसार कलेजले शिक्षा दिन सकेको छ, दीक्षित विद्यार्थीलाई प्रमाणपत्र दिन पाएकोमा खुसी लागेको छ ।’  उनले भने । 

Logo