विराटनगर इन्टरनेशनल कलेजको दीक्षान्त समारोह सम्पन्न

विराटनगर इन्टरनेशनल कलेजको दीक्षान्त समारोह सम्पन्न


विराटनगर इन्टरनेशनल कलेज, विराटनगरको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा बिएस्सी (अनर्स) इन्टरनेशनल बिजनेस मेनेजमेन्ट विषयमा ६२ जना विद्यार्थी दीक्षित भएका छन् । तीनवर्षे तह अध्ययनपछि विद्यार्थीले भविष्यमा नयाँ कामको खोजी गर्न सक्नेछन् । 

दीक्षान्त समारोहले आफूहरूलाई गर्वको महसुस भएको विद्यार्थीहरूले बताएका छन् । दीक्षान्त समारोहमा अभिभावकसँगै प्रमाणपत्र लिन आएका विद्यार्थीले यो समय आफूहरूको लागि अत्यन्तै महत्वपूर्ण र शैक्षिक उन्नयनको लागि मुख्य विषय भएको बताएका थिए ।

स्नातकतह पार गरेपछि उत्कृष्ट विद्यार्थीलाई पोष्ट ग्र्याजुएट तहको लागि इनोभेट नेपाल ग्रुपले छात्रवृतिको व्यवस्था गरेको छ । ती विद्यार्थीले हेराल्ड कलेज काठमाडौमा इन्टरनेशनल एमबीए अध्ययन गर्न पाउनेछन् । जुन आइएनजीले सञ्चालन गरेको छ । 

दीक्षान्त समारोहमा बेलायतस्थित उल्भरहेम्टन विश्वविद्यालयका सह उपकुलपति प्रो.भाइस चान्सलर टिच स्टिलले दीक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि उनले नेपालमा उत्कृष्ट शिक्षा दिन सफल विराटनगर इन्टरनेशनल कलेजका सम्पूर्ण टीमलाई धन्यवाद दिए । यो कलेजले विश्वविद्यालयको सपना पूरा भएको बताउँदै उनले भने- ‘अब बिएस्सी (अनर्स) इन्टरनेशनल बिजनेश मेनेजमेन्ट डिग्री साथै इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट तहको कक्षा संचालन हुँदैछ । म यो गौरब गर्न चाहन्छु कि विश्वविद्यालयले सोच अनुसार कलेजले शिक्षा दिन सकेको छ, भविष्यमा देशको लागि उल्लेखनीय काम गर्न मेरो सुझाव छ ।’

साे अवसरमा इनोभेट नेपाल ग्रुपका संस्थापक अध्यक्ष शुलभ बुढाथोकीले सबै दीक्षित विद्यार्थीलाई बधाइ दिँदै भने- ‘कुनैपनि समस्या आउँदा नभाग्नुस्, नडराउनुस्, अनेकौँ चुनौतीको सामना गर्न सिक्नुपर्छ ।’

Logo