सुजुकीको विन्टर सर्भिस क्याम्प बुधवारदेखि

सुजुकीको विन्टर सर्भिस क्याम्प बुधवारदेखि


नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले बुधवारदेखि ‘विन्टर फ्रि सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ । आगामी पुस २२ गते शुक्रबार सम्म चल्ने सो क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनुका साथै १५ जना लक्की ग्राहकले फ्रि सर्भिस भौचर पनि जित्न सक्ने छन् ।

सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी-हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउने छन् । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशत तथा इन्जिन कुलिङ, एसी-हिटर सम्बन्धी पार्ट्स र एसेसरिजमा १० प्रतिशत छुट पाउने छन् । यसका साथै यो अवधिमा सुजुकीका ग्राहकले स्पेयर पार्ट्स र इन्जिन आयलमा ५ प्रतिशत छुट पाउने कम्पनीको भनाइ छ ।

जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्नसक्ने र यो विषयमा सुजुकीका ग्राहकलाई जानकारी गराउन तथा उनीहरुको गाडीलाई राम्रो अवस्थामा राखिराख्न उक्त क्याम्प संचालन हुन लागेको कम्पनीले जनाएको छ ।

सुजुकीको ‘विन्टर फ्रि सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । 
 

Logo