‘मेगा एजुकेशन फेयर २०२३’ सुरु [फाेटाेफिचर]

‘मेगा एजुकेशन फेयर २०२३’ सुरु [फाेटाेफिचर]


नवौं मेगा एजुकेशन फेयर २०२३ काठमाडौंमा सुरु भएको छ । मेला काठमाडौंको होटल एभरेष्टमा शुक्रबार बिहान १० बजेदेखि सुरु भएको हो । 

शनिबारसम्म चल्ने उक्त मेलामा विद्यार्थीहरुले अस्ट्रेलिया, न्युजील्याण्ड, जापान, अमेरिका, युरोप, बेलायत, इन्डिया, क्यानडा लयायत देशहरुको बारेमा जानकारी लिन सक्नेछन् । अस्ट्रेलिया, अमेरिका, क्यानडा, न्यूजील्याण्ड, जापान, युरोप लगायतका देशको शिक्षा प्रणाली, भिसा प्रक्रिया र छात्रवृत्तिको विषयमा पर्याप्त सूचना प्रवाह गर्ने उदेश्यले शैक्षिक मेलाको आयोजना गरिएको हो । 

गे्रस इन्टरनेसनलका अध्यक्ष एन्ड्रयु पौडेलका अनुसार इन्सिच्युटले अंगे्रजी भाषा बोलिने ५ राष्ट्रहरु अस्ट्रेलिया, न्युजील्याण्ड, क्यानडा, अमेरिका र युकेका लागि काम गरिरहेको छ । १६ वर्षे इतिहासमा हजारौं विद्यार्थीहरुलाई करिअर काउन्सिलिङ गरिसकेको उनको भनाइ छ । 

त्यस्तै, प्रान्जल एजुकेसन कन्सलटेन्सीका प्रबन्ध निर्देशकका अनुसार कन्सल्टेन्सीले आजको मितिसम्म अस्ट्रेलिया, युके, अमेरिका र क्यानडा गरी चार देशलाई शैक्षिक गन्तब्य बनाउँदै आएको छ । कन्सल्टेन्सीले उच्च शिक्षाका लागि बाहिर जाने विद्यार्थीहरुलाई काउन्सिलिङ, भिसा प्रक्रिया, भर्ना सहजीकरण लगायत आवश्यक सबै सेवा प्रदान गरिँदै आएको उनको भनाइ छ ।

वान अप नेपालद्वारा आयोजित नवौं शैक्षिक मेलामा उत्कृष्ट कलेज र युनिभर्सिटी तथा कन्सल्टेन्सी गरी २०० भन्दा बढी संस्थाहरुको सहभागिता रहेको आयोजक पक्षको भनाइ छ । 

मेलामा विद्यार्थी तथा अभिभावकलाई निःशुल्क प्रवेशको सुविधा रहेको छ । विभिन्न गेम खेलेर आकर्षक उपहार र सिनेमाकोे टिकट पनि प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । मेला बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म सञ्चालन हुनेछ । मेगा एजुकेशन फेयरको टाइटल स्पोन्सर ग्रेस इन्टरनेसनलले गरेको हो । मेला आयोजनाका लागि शिक्षा परामर्श सम्बन्धी अन्य संस्थाहरुले पनि सघाएका छन् ।

तस्विरः राजेश राई/केन्द्रबिन्दु 

Logo